मणिपाल काण्ड: प्रहरी नियन्त्रणमा रहेका डाक्टर छुटे, पीडित पक्षका विनयमाथि थप अनुसन्धान

पाेखरा | असोज ९, २०८०

मणिपाल काण्ड: प्रहरी नियन्त्रणमा रहेका डाक्टर छुटे, पीडित पक्षका विनयमाथि थप अनुसन्धान

पोखरा: मणिपाल अस्पतालमा उपचारत बिरामीको मृत्युपछि भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएको एक चिकित्सक रिहा भएका छन् ।

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर दिनेश कुमार विकलाई रिहा गरिएको हो । यद्यपी चिकित्सकलाई कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकापीडित परिवार पक्षका विनय गुरुङमाथि भने अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ ।

 

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको छ ।


 

यो पनि पढ्नुहोस

 

रिहा भएका डाक्टरलाई नाराबाजीमा संलग्न भएको भन्दै कास्की प्रहरीले गएराती पक्राउ गरेको थियो ।
 

लमुजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि पीडित परिवार र आफन्त अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आन्दोलित भएका थिए । 

 

त्यसपछि तनावग्रष्त बनेको मणिपाल शिक्षण अस्पतालमा भिड नियन्त्रणका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो ।

 

मृतक दुराको शव बुझ्न परिवार तयार नभएको एक आफन्तले बताए । उनका अनुसार ढाड दुखेपछि उपचारका लागि अस्पताल पुगेका थिए । 

 

सामान्य उपचारका लागि अस्पताल लगिएको बिरामीको रहस्यमय मृत्यु भएको भन्दै कारण स्पष्ट रुपमा खुलाउनुपर्ने माग राख्दै आएका छन् ।
 
 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्